उडिरहेको जहाजभित्रै सेक्स गरेपछि…(भिडियो सहित)



लन्डन । भर्जिन अटलान्टिक विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शारीरिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् । १३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध राखेको खबर बाहिर आएको हो । सो फ्लाइट ११ घन्टाको थियो ।

ती महिलाले अपरिचित युवालाई सुरुमा चुम्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आपत्तिजनक क्रियाकलाप गरेको दि सनले जनाएको छ ।

दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए । जब ढोका खुल्यो त्यहाँ आपत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।

रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिना रक्सी पिएर विमानमा चढेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् । म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चुम्न थालिन् । केही समयपछि उनी बाथरुममा गइन् । ती युवक पनि पछि पछि गए ।’

त्यसपछि बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे किनकि ती महिला चर्काे आवाज निकालिरहेकी थिइन् । भिडियो फुटेजमा बाथरुमबाट पहिला पुरुष निस्कन्छन् र भन्छन्, ‘महिला विरामी छिन् ।’ तर विमानका स्टाफले उनीहरु एक अर्कालाई नचिन्ने व्यक्ति भएको पत्ता लगाए र छुट्टा छुट्टै सिटमा बस्न बाध्य गराएपछि यात्रुले ताली बजाउँछन् ।

घटनाले तब नयाँ रुप लिन्छ जब उनीसँगै बसेकी महिलासँग बादविवाद गर्न थाल्छ्नि । ती महिलालाई मेक्सिको उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्