अभिनेता इरफान खानलाई लागेको दुर्लभ रोगबारे खुलासा



मुम्बई । बलिवुड अभिनेता इरफान खानलाई लागेको दुर्लभ रोगको बारे खुलासा भएको छ ।

सामाजिक संजाल ट्वीटर मार्फत एक सन्देस जारी गर्दै अभिनेता खानले आफुलाई लागेको रोगको बारेमा जानकारी दिएका छन् ।

अभिनेता खानले आफु न्युरो एन्ड्रोक्राइन ट्युमरबाट पिडित भएको बताएका छन् । उनले लेखेका छन् यो समय निकै मुस्किल समय हो । मेरा नजिकका हरुको माया र स्नेहले गर्दा नै मैले यो रोगसँग लड्ने हिम्मत गरेको छ । यस रोगको उपचारका लागि आफु विदेश जाने जानकारी दिदै अभिनेता खानले आफ्नो लागि भगवानसँग प्राथना गर्न आग्रह गरेका छन् ।

यस अघि अभिनेता खानले आफु केहि समयदेखि एउटा दुर्लभ रोगसँग लडिरहेको खुलासा गरेका थिए । उनको रोगको बारेमा अनेक अफवाह फैलिए पछि आफैले सो बारे जानकारी दिएका हुन् ।

५१ बर्षिय अभिनेता खानले बलिवुडमा एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बलिवुडका अलावा हलिवुडमा पनि काम गरेका छन् । लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिंग स्पाइडर म्यानजस्ता सुपर हित फिल्ममा काम गरेका छन् ।

बलिवुडमा २०१३ मा उनले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारतीय राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्