
जिल्लाको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको लापामा बाख्राले मान्छेजस्तै पाठो जन्माएको छ । स्थानीय कृषकले पालेको बाख्राले चार खुट्टासहित मान्छेजस्तै देखिने पाठो जन्माएको हो । जिउँदै जन्मेको उक्त पाठो केही समयपछि मरेको थियो । मरेको पाठो हेर्न स्थानीयको भिड लागेको स्थानीय सुमन घलेले जानकारी दिए ।
बाख्राको पाठोको चार खुट्टा र शरीरभरी रौं हुन्छन् । तर, मान्छेको जस्तै आकृति भएको पाठोको छाला मानिसको बच्चाको जस्तै देखिन्छ । शरीरमा रौं छैनन् ।





