
के च्याउले गोरो बनाउँछ ?
च्याउ कैयौं प्रकारका हुन्छन्, जसमा केही खानलायक हुन्छन् त केही विषालु । विषालु च्याउ खाँदा पेट दुख्न र उल्टी हुन थाल्छ । केहीले त मान्छेको ज्यानै लिन पनि सक्छ ।
खानलायक च्याउमा प्रोटिन र फाइबर पर्याप्त हुन्छ । यसमा भिटामिन बी हुन्छ र सेलेनियम जस्तो शक्तिशाली एन्टीअक्सिडेन्ट पनि । यसले इम्यून सिस्टमलाई बलियो बनाउँछ र सेल-टिस्यूमा हुने नोक्सानीलाई रोक्छ । कुनै च्याउ यस्ता पनि हुन्छन् जसले डीएनएमा हुने क्षतिलाई रोकेर क्यान्सरविरुद्ध पर्खाल खडा गर्छ ।
च्याउलाई यौन शक्तिवर्द्धक पनि मानिन्छ किनकी यसमा जिंक पर्याप्त मात्रमा पाइन्छ । जिंकको कारणले पुरुषहरुमा पाइने सेक्स हार्मोन टेस्टास्टेरनको मात्रा बढ्छ ।
च्याउ खाएर मान्छे गोरो हुन्छ भन्ने कुरा चाहिँ कपोलकल्पित नै मान्नुपर्छ ।
ताइवानको च्याउको कथा
एक समाचारमा बताइएअनुसार ताइवानले सबैभन्दा अगाडि केन र बटलबन्द च्याउको निर्यात नियमित व्यवसायीक आधारमा सन् १९६० मा सुरु गर्यो । र, १९६३ सम्म यो च्याउको सबैभन्दा ठूलो निर्यातक बन्यो । त्यतिबेला संसारभर निर्यात गरिने च्याउको एक तिहाई हिस्सा ताइबानले ओगटेको थियो ।
सन् १९७८ मा ताइवानको वाषिर्क च्याउ निर्यात १२ करोड डलर पुग्यो । तर, त्यसपछि चीन र दक्षिण कोरियाका किसानले पनि च्याउ खेति गरेर ताइवानलाई चुनौति दिए । आज जापान पनि च्याउको उत्पादनमा आफ्नो प्रभुत्व जमाउने कोशिश गरिरहेको छ । तर ताइबान आज पनि सबैभन्दा बलियो खेलाडी हो ।





