
एजेन्सी । झण्डै १सय २५ वर्ष पहिले अर्थात् सन् १८९१ मा भारतको मुम्बई नजिकैको थाणेमा विश्वकै पहिलो न्युडिस्ट कोलोनी अर्थात् न्युडिस्ट कोलोनी बसेको थियो । उक्त नग्न बस्तीको नाम थियो, द फेलोसिप अफ द नेकेड ट्रस्ट । संस्थापक थिए, चाल्र्स एडवार्ड गार्डन क्रार्फड । उनी तत्कालीन न्यायाधीश पनि थिए ।
यो न्युडिस्ट क्लब निकै सानो थियो । जसमा तीनजना सदस्य थिए । चाल्र्स क्रार्फड, एन्ड्रू र केलग काल्डरवुड । चाल्र्स एक विदुर थिए भने अन्य दुईजना एक मिसनरीका छोराहरु । पछि एक अर्की महिलाले पनि यो न्युडिस्ट क्लबको सदस्यता लिन चाहेकी थिइन् तर दिइएन । चाल्र्सले आफ्नो पत्रमा लेखेका छन्ः हामीले दुई दिनको विदा कपडा नलगाइकन मनाउँथ्यौँ । बिहानदेखि रातिसम्म नांगै बस्थ्यौं । त्यसक्रममा घरका कामदारलाई पनि विदा दिन्थें ।





