राजाका ६० श्रीमती !



एजेन्सी । भारतको नागाल्याण्डको लोगवा यस्तो एउटा गाउँ हो जहाँ कोन्याक जनजातीका मानिसहर बसोबास गर्छन् । उक्त गाँउको आधा भाग भारतमा पर्छ भने आधा भाग म्यानमारमा । उक्त जनजाती समुदायको राजाको नाम नगोवंस हो, जसको मातहतमा लोगवा लगायतका ७५ वटा गाँउका मानिस पर्छन् । जहाँ उनीहरुकै घर आँगनबीच म्यानमार र भारतको सीमाना पर्ने गर्छ । यस्तो अवस्थामा यिनीहरुको परिवार म्यानमारको भागमा खाना खाने गर्छन् भने भारतको भागमा सुत्छन् ।

यहाँ अर्को रोचक कुरा के छ भने लोगवा गाउँको राजाको परिवार पनि एकदमै ठूलो छ जसमा उनका ६० जना श्रीमती पनि रहने गरेका छन् र राजाको आफ्नो छोरा भने म्यानमार आर्मीमा संलग्न छन् ।
भारत म्यानमार सीमामा यी समुदायको बसोबास क्षेत्र भएको कारणले यहाँका मानिसहरुलाई कानुनी रुपमै दुवै देशको नागरिकता प्रदान गरिएको छ । यस्तो अवस्थामा न म्यानमार जान उनीहरुलाई भिजाको आवश्यकता पर्छ न त भारत जानलाई ।

प्रतिक्रिया दिनुहोस्