सिटिजन्स बैंकद्वारा हकुना माटाटालाई आर्थिक सहयोगप्रदान



“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको “साथ” नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई रू एक लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्य तालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

एक भब्य कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीको समुपस्थितिमारू एक लाखको चेक संस्थाका संचालक सुश्री क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरिएको छ । हकुना माटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक सुश्री क्रिस्टिमाकार्कीले जानकारी दिएकी छिन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गरेका छन् ।यसै प्रसङ्गमा बोल्दै बालबालिकालाई बहुप्रतिभाशाली हुनका निम्ति उत्प्रेरण प्रदान गर्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा समेत व्यक्त गर्दै खुशियाली जाहेर गरेका छन् । उक्त समारोहमा बालबालिकाहरुले उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्