रगत पिएर मायाँ जनाउने अचम्मको जोडी !



एजेन्सी । इटलीमा बस्ने भ्याम्पायर कपलका नामले चिनिने यो जोडि डेनिस अल्बर्टो र इलारिया अहिले चर्चाको शिखरमा छन् । उनीहरुले एकअर्कालाई माया जनाउने तरिका अचम्मको छ । वास्तवमा यो जोडीले एकअर्काको रगत पिएर माया व्यक्त गर्ने गरेको छ ।

एक वेबसाइटका अनुसार तीन वर्ष पहिले डेनिसलाई सर्कसका लागि असिस्टेन्ट आवश्यक परेको थियो जसका लागि उनले फेसबुकमा विज्ञापन दिएका थिए । त्यहिँबाट उनीहरुबीच भेटघाट र बोलचाल सुरु भएको थियो । त्यसबेलादेखि यी दुवै सँगै बस्दै आइरहेका छन् । एउटा पिचासमा आधारित शोमा यी दुवैले एकअर्काको रगत पिएका थिए । त्यही समयदेखि उनीहरुले यो क्रम जारी राख्दै एकअर्काको रगत पिउँदै आइरहेका छन् । उनीहरुका अनुसार यसो गर्नुको अर्थ उनीहरु एकअर्कालाई सबैथोक समर्पण गर्न चाहन्छन् ।

डेनिसले भने, रगत पौराणिक पेय पदार्थ हो जसले जिन्दगी जोडेको हुन्छ । यसले उनीहरुको माया अझै बढ्छ र उनीहरुको स्वभावमा समेत समानता आउँछ भन्ने उनीहरु विश्वास गर्छन् । उनीहरु सिरिन्जबाट निकाल्ना साथै तुरुन्तै रगत पिउने गर्छन् । गर्मी मौसममा चाँडै बिग्रिने हुनाले उनीहरु यसका लागि विशेष ख्याल राख्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्