
काठमाडौं । बाइक र स्कूटरहरूलाई सडकमा दौडिँदै गरेको हामी सबैले देख्दै आएका छौं । तर सडकका साथसाथै पानीमा पनि दौडिने बाइक देख्नुभएको छ ? यहाँ हामी त्यस्तै अनौठो बाइकको चर्चा गर्दैछौं । गिब्स नामक कम्पनीले बनाएको यो बाइकको नाम बिस्की हो ।
यो सिंगल सीटर बाइक हो । यसमा एकजना व्यक्ति मात्र बस्न मिल्छ । यो विशेष किसिमको दुईपांग्रे वाहन हो जसलाई एउटा बटन थिचेको भरमा जेट स्कीमा परिवर्तन हुन्छ र पानीमा दौडिन पनि सक्छ ।
दुई दशमलब तीन मिटर लामो र एक मिटर चौडा यो सुपरबाइक प्राविधिक रूपमा एड्भान्स्ड छ । यसलाई मुख्य रूपमा रमाइलाका लागि तयार पारिएको छ ।
बिस्की बाइक पाँच सेकेन्डभित्रमा पांग्राहरू लुकाएर जेटमा परिवर्तन हुन सक्छ । त्यसपछि यसलाई पानीमा चलाउन सकिन्छ । फेरि पानीबाट सडकमा ल्याउँदा तीन सेकेन्ड मात्र लाग्छ । सडकमा यसको टप स्पीड १४० किलोमिटर प्रतिघन्टा छ । पानीमा चाहिँ यो प्रतिघन्टा ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडाउन सकिन्छ ।
यसमा दुई सिलिन्डर पेट्रोल इन्जिन छ । यसले ५५ बीएचपी पावर जेनरेट गर्न सक्छ । राम्रो सस्पेन्सन भएको यो बाइकमा आरामको व्यवस्था गरिएको छ । फ्रन्ट र रीयर ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक दिइएको छ । यसको ह्वीलबेस १९८० एमएम र ग्राउन्ड क्लीयरेन्स १५० एमएम छ । यसको तौल ३४८ किलोग्राम छ । एजेन्सी





