
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारलाई सकारात्मक कदममा सहयोग हुने बताएका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा युवाहरुले स्थान पाएकोमा प्रशंसा गर्दै नेता थापाले जनताका पक्षमा हुने सबै काममा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन्।
थापाले भनेका छन्, जनताले धेरै आशा गरेका केही साथीहरु सरकारमा पुग्नु भएको छ। ती अपेक्षा पुरा हुन्, तपाईहरुको कार्यकाल सफल रहोस्, जनताको पक्षमा हुने सबै काममा हामी प्रतिपक्षको साथ र सहयोग रहने नै छ । हार्दिक शुभकामना ।
ओलीले शुक्रबार तेस्रापटक विस्तार गरेको मन्त्रिपरिषदमा रवीन्द्र अधिकारी, गोकर्ण विष्ट, विना मगर लगायत युवाहरु मन्त्री बनेका छन्।





