श्रीपशुपतिनाथ महोत्सव तेस्रो दिनको ऐतिहासिक सांस्कृतिक कार्यक्रम सम्पन्न



काठमाडौँ, ४ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजको संयोजकत्वमा भइरहेको धार्मिक/सांस्कृतिक महोत्सव–२०७४ को अवसरमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम तेस्रो दिनको कार्यक्रम धुमधामसँग सम्पन्न भएको थियो ।

यस कार्यक्रममा चर्चित गायकगायिका, हास्यकलाकारद्वारा बेजोड प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरु जे.वि. टुहुरे, तुलसी पराजुली, बद्रि पंगेनी, यम बराल, साजन राई, कमल खत्रीको प्रस्तुती रहेको थियो । दोहरी गायकगायिकामा दुर्गा साउद, पवित्रा गुरुङ्ग, बन्दना मैनाली, विश्व नेपाली, नवराज घोरासैनी, उमा श्रेष्ठ, सूर्यमणी आचार्य र हास्यकलाकारमा राजा राजेन्द्र पोख्रेल, पल्पसा डंगोल (चम्सुरी मेरी बाँस्सै) को बेजोड प्रस्तुती रहेको थियो । साथै चर्चित मोडेलहरु र राष्ट्रियस्तरका आर्कषक नृत्यहरु पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्