शाहरूख खानकी छोरी सुहाना बलिउड प्रवेशको तयारीमा,फोटो सुट गर्दै



मुम्बई । एजेन्सी– बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना बलिउड प्रवेशको तयारीमा छिन् । त्यसैले उनि यतिखेर फोटो सुटको तयारीमा रहेको आमा गौरी खानले जानकारी दिएकी छन् ।

‘सुहाना एउटा म्यागजिनका लागि फोटोसुटको तयारी गर्दै छिन्,’ एक अवार्ड सोमा सहभागी गौरीले भनिन्, ‘यो सुहानीको पहिलो खुट्किलो हो उनी कुनै म्यागजिनको कभर फोटोमा आउँदै छिन् ।’

मुम्बईमा आयोजित प्रायः इभेन्टमा स्टाइलिस लुक्सका कारण चर्चामा आउने सुहानी मुम्बईमा रहेको धिरुभाइ अम्बानी इन्टरनेसल स्कुलमा अध्ययनरत छिन् । नृत्य र खेलकुदमा उनको विषेश रुचि छ । उनी स्कुलमा आयोजित केही खेलकुद कार्यक्रममा पनि सहभागी छिन् ।

प्रतिक्रिया दिनुहोस्