यी नायिका जसका कारण दुश्मन बने सलमान र संजय दत्त एक अर्कालाई देख्न समेत चहादैनन्



बलिउडका दबंग सलमान खान र संजय दत्तबीच साथीको भन्दा पनि भाइ-भाइको जस्तो सम्बन्ध थियो। दुबैलाई एक अर्काको लागी ज्यान दिन र ज्यान लिन पनि तयार हुन्थे र उनीहरुले एक एर्कालाई निकै सपोर्ट पनि गर्थे । तर अहिले यी दुईबिचको सम्बन्धमा खटपट आएको छ जसको कारणले उनीहरु आमने सामने हुने समेत रुचाउदैनन् । आखिर त्यस्तो के भयो र दुई भाइको जस्तो घनिष्ट सम्बन्ध भएका उनीहरुको सम्बन्ध दुश्मनीमा परिणत भयो।यस्तो हुनुको कारण के हो भन्नेबारे हामी तपाईलाई बताउदै छौं। खासमा सलमान खान र संजय दत्तबीचको झगडा अरु कुनै कारणले नभएर धक-धक गर्ल माधुरी दीक्षितको कारणले भएको हो।

जब संजय दत्तको बायोपिकको निर्माणको काम सुरु भयो तब माधुरीलाई एउटा डरले सताउन लाग्यो की कतै संजयले बनाउने बायोपिकमा उनको नाम पनि सामेल नहोस् । त्यसको लागि उनले सलमान खानलाई भनिन् – ‘तपाईले संजयलाई बयोपिक बनाउने आइडिया छोड्न भन्नु पर्यो। ‘ माधुरीले भने अनुसार सलमानले संजयलाई सम्झाए तर संजय दत्तले सलमानको कुरालाई ठाडै इन्कार गर्दै भने – ‘म मेरो बायोपिक फिल्म बनाएरै छोड्छु, किनकी यस काममा म मात्रै नभएर अन्य थुप्रै मानिसहरु जुटिसकेका छन्।’ सलमानलाई संजुको यो कुरा चित्त बुझेन र उसै दिन देखि संजयसँग कुराकानी गर्ने बन्द गरिदिए। त्यसपछि संजय दत्तको यस बायोपिकमा उनको भूमिका रणबीर कपूरले गर्ने कुरा भयो। जुन कुरा सलमानले थाहा पाए उनि झन् रिसाए र रिसको झोकमा त्यो पुरानो र दाजुभाइको जस्तो सम्बन्ध नै तोड्ने मन गराए।

सलमान रिसाउनुको अर्को कारण थियो, क्याटरिनासंग रणवीर नजिकिएर बिग्रिएको रनवीर र सलमानको सम्बन्ध। त्यसमाथि सलमानले पटक्कै नरुचाउने र सलमानका दुस्मनलाई रणवीरलाई संजयले आफ्नो फिल्ममा हिरो बनाउने निर्णय गर्नु, जसले आगोमा झन घ्यू थप्यो। अनि सलमानले संजु बाबासँग आफ्नो दुरी बनाउन नै ठिक निर्णय माने ।

यो सब घटना भैसकेपछि संजयले सलमान र उनका परिवारलाई यो सबै कुरा सम्झाउने प्रयास गरे। तर सलमानले सन्जुको कुनै पनि कुरै सुन्नै चाहेनन्

प्रतिक्रिया दिनुहोस्