बलिउडका चर्चित प्रेम जोडीहरु…(फोटो फिचर)



प्रेम त सबैले गर्छन, तर केबल केही मान्छेले मात्र साँचो प्रेमको चित्र प्रस्तुत गर्दछन। आज हामी तपाईलाई बलिउडको चर्चित जोडीहरुको बारेमा बताउन गईरहेका छौं, जसबाट यो जान्न सकिन्छ कि साँचो प्रेम के हो ?

शाहरुख / गौरी
शाहरुख खान र गौरीको वैवाहिक जीवनको यात्रा २७ वर्ष भईसकेको छ। यी दुवैको प्रेम कथा सुरु हुने समयमा शाहरुख खानको नाम समेत कसैलाई थाहा थिएन। विवाहपछि शाहरुख खान बलिउडको बादशाह बने। शाहरुखले धेरै अभिनेत्रीहरुसँग स्क्रिन शेयर गरिसकेको छ। केही अभिनेत्रीसँग उनको नाम जोडिए पनि गौरीको लागि उनको प्रेम सत्य थियो र अझै पनि सम्बन्ध कायमै नै छ।

सुनिल / माना
सुनील शेट्टी र मानाले लगन गाँठो कसेको २७ वर्ष भईसकेको छ। दक्षिण भारतसँग सम्बन्धित सुनील शेट्टी जो सँग प्रेममा परे उनी गुजरातका थिइन्। मानाको पूरा नाम माना कादरी हो। दुवैले ९ वर्षसम्म डेट गरे र त्यसपछि विवाहित हुने निर्णय गरे।

दिलीप कुमार / सायरा बानो
दिलीप कुमार व्यक्तिगत जीवनको बारेमा धेरै चर्चामा रहेका छन्। सायरा बानोसँग विवाह गरेको १४ वर्ष पछि दिलिप कुमारले पाकिस्तानी महिला आस्मा रहमानसँग दोस्रो विवाह गरेका थिए, तर उनीहरुबीचको सम्बन्ध धेरै समयसम्म टिक्न पाएन र छोडपत्र भयो। र दिलीप कुमारको सायरासँग पुनर्मिलन भयो। दिलीप र सायराको विवाह सन् १९६६ अक्टुबर महिनामा भएको थियो। सायरा र दिलीपको उमेरको अन्तर २२ वर्षको छ । मिडिया रिपोर्ट अनुसार सायराले ८ वर्षको उमेरबाट नै दिलीपसँग विवाह गर्ने सपना देखेकी बताएकी छिन। सन् १९५२ मा रिलिज भएको चलचित्र ‘दाग’ मा दिलीप कुमारलाई देखेपछि नै सायराले आफ्नो दिलमा दिलिपलाई राखेकी बताएकी छिन। दिलीप कुमार र सायरा बानो ५१ वर्षदेखि सँगै छन्।

अमिताभ / जया
अमिताभ र जयाको प्रेम कथा फिल्म ‘जंजीर’ को सेटबाट स्थापित भएको थियो। यस फिल्मको सफलतापछि दुवैले सन् १९७३ मा विवाह गरे। विवाह पछि जयाले फिल्मसँग नाता तोडिन र तर अभिताभ बने सुपरस्टार बने। यसै समयमा रेखाको साथ अमिताभ बच्चनको अफेयर रहेको खबरले बलिउडलाई नै तताएको थियो। अमिताभ-रेखाको बारेमा मिडियामा जस्तो सुकै खबर आएपनि जयाले ती कुराहरुलाई खासै महत्व दिईनन र सधैं अमिताभसँगै बसिन्। यस कारण यो जोडी पछिल्लो ४५ वर्ष देखि सँगै रहदै आएका छन्।

ऋषि कपूर / नीतू सिंह
पछिल्लो ३८ वर्षबाट एक-दोस्रोको साथमा छन् ऋषि कपूर र नीतू सिंह। रियल लाइफमा उनीहरुको जोडी जति हिट छ, त्यति नै रिल लाइफमा पनि हिट छन्। रिपोर्ट अनुसार ९० को दशकमा उनीहरु बीच झगडा हुन् सुरु भएको थियो। ऋषिलाई मदिरापानको लत लागेको थियो र शर्त टेम्पर पनि थियो। खबर अनुसार दुई बीच झगडले यति धेरै बढ्यो कि नीतूले ऋषि विरुद्द घरेलु हिँसाको केस दर्ता गरिन् र घर छाडेर गएकी थिईन। तर पतिको करियरको देखेर उनी फेरी घर फर्किन।

ज्याकी श्रफ / आयशा
ज्याकी श्रफ एक दिन सडकको किनारमा उभिएर बसेको थिए, त्यति बेला उनले १३ वर्षीय केटी स्कुल युनिफर्ममा बसमा बसिरहेकी देखे। ज्याकीको त्यो केटीसँग पहिलो नजरमा नै प्रेममा परे। केही भेटघाटपछि दुवैको दिलमा घन्टी बज्यो। तर त्यहाँ एक समस्या थियो कि ज्याकी पहिले नै कसैसँग प्रेममा थिए। आयशाले ज्याकीको गर्लफ्रेन्डलाई पत्र लेखेर सबै बताए। त्यसपछि ज्याकी र आयशाले विवाह गरे। पछिल्लो ३० वर्ष देखि दुवै सँगै बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्