फिल्म पाउन छाडेपनि सुनील सेट्ठीको आर्कषक कमाई : वार्षिक डेढ अर्ब बढी कमाउँछन्



एजेन्सी । भारतिय अभिनेता सुनिल सेट्ठी कुनै समयका चर्चित स्टार हुन् । कुनै समय निकै ब्यस्त यि नायक अहिले अहिले ५६ औं वर्षमा दौडीरहेका छन् । एक जमानामा अक्षय कुमार, अजय देवगन लगायतका स्टार नयाकहरुलाई समेत टक्कर दिने सेट्ठी आजभोलि खासै पर्दामा देखिन छाडेका यि ह्याण्डसम हिरोले फिल्ममा काम नगरे पनि वार्षिक डेढ अर्ब बढी आम्दानी गर्छन् । सुनिल सेट्ठीको रोयल इन नामक आफ्नै चेन होटेल सन्चालनमा छ यसको अलावा उनको फिल्म प्रोडक्सन हाउस तथा बुटिक पनि सन्चालनमा छ ।

यी सबै बिजनेसबाट वार्षिक १ अर्ब ६० करोड आम्दानी गर्दै आएको भारतीय मिडियाहरुले विशेष प्राथमिकताका साथ समाचार छापेका छन् । भारतीय मिडियाका अनुसार आफ्नो करियरमा करिब ११० भन्दा बढी फिलममा अभिनय गरेका उनले ८ वर्ष को लभ अफेयर पछि माना सेट्ठीसङ्ग बिबाह गरेका थिए । धड्कन फिल्मको सफलताले गर्दा एउटा फिल्म खेले बापत ८ करोड पारिश्रमिक लिने सुनिल फिल्म भन्दा बढी ब्यापारमा समय दिएसँगै उनी चलचित्रकर्मबाट बिस्तारै टाढीँदै जान थालेका छन् भने उनी ब्यबसायमा दिन खोलेर जम्ने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्