पारसलाई सम्झिँदै कन्निकाले सार्वजनिक गरीन् रोमान्सका तस्वीर



काठमाण्डु, ३ चैत – पूर्व युवराज पारशकी प्रेमिका कन्निका चाइसर्नले पारशसँगका पुराना तस्वीरहरु फेसबुकमार्फत् फेरि सार्वजनिक गरेकी छन् । पत्नी हिमानीसँग छुट्टिएर रहेका पारशकी प्रेमिका पारशले शुक्रबार साँझ पारशसँगका थप तस्वीरहरु सार्वजनिक गरेकी हुन् । यसअघि पनि उनले पारसँग थाइल्याण्डमा गरेका रोमान्सका तस्बिर सार्वजनिक गरेकी थिइन ।

पत्नी हिमानीसँगको उनको सम्बन्धमा अझै सुधार आएको छैन । पारशको कन्निकासँगको पूर्व सम्बन्धका कारण हिमानी अझै पारशसँग असन्तुष्ट छिन् । आफूलाई ध्यान नदिएकोमा कन्निकापनि असन्तुष्ट छिन् ।

असन्तुष्टि बढ्दै जाँदा पारससँगको रोमाञ्चक जीवन सम्झाउने गरी उनले पुराना तस्वीर फेसबुकमार्फत् सार्वजनिक गरेकी हुन् । त्यसमध्ये एउटा सेल्फी फोटोमा सोफामा पल्टिएका पारसँग उनी टाँसिएर बसेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्