चैत्र ३ गते बन्दैछ शुभ संयोग: यी राशिहरुको चम्किनेछ भाग्य, यसरी हटाउनुहोस् समस्या



चैत्र ३ गते शनिबार अर्थात १७ मार्चमा अमावस्या तिथि परेको छ। यो दिन अमावस्या र शनिबारको शुभ संयोग बन्दै छ। जुन अमावस्या शनिबारको दिन पर्छ त्यसलाई शनि अमावस्या भनिन्छ। यस संयोगको कारण यो दिन भगवान शनिलाई खुसि बनाउनको लागी राम्रो मानिन्छ। कोहि माथि शनिको साढेसात चलिरहेको छ भने केहि उपायबाट शनिको प्रभाव कम हुन जान्छ । यो समय वृश्चिक, धनु र मकर राशीमाथि शनिको साढेसात चलिरहेको छ जबकि वृष र कन्या राशीमाथि साढेसातको प्रभाव छ । यदी यस शुभ संयोगमा आफ्नो राशिअनुसार शनिदेवलाई प्रसन्न गर्न चाहनुहुन्छ भने यस्ता केहि उपाय लगाउदा समस्या कम हुने गर्छ।

मेष राशि:
यस राशि हुने व्यक्तिहरुले शनिदेवलाई तेल चढाउनुहोस् र हनुमान चालिसाको पाठ गर्नुहोस।

वृष राशि:
वृष राशि भएका मानिसमाथि साढेसातको चलिरहेको हुनाले शनि स्त्रोतको पाठ गर्नुहोस।

मिथुन राशि:
यस राशी भएकाहरुले शनि अमावस्यामाथि हनुमानजीको सिन्दुर चढाउनुहोस्।

कर्क राशि:
यस राशी भएकाहरुले शनि अमावस्याको दिन पिपलको रुखमा जल चढाउनुहोस्।

सिंह राशि:
यस राशी भएकाहरुले फलामबाट बनेको औठी हातको बीच औलामा लगाउनुहोस्। शनि अमावस्याको दिन यो लगाउनु शुभ मानिन्छ।

कन्या राशि:
कुम्भ राशी भएकाहरुले कालो मुसुरोको दाल गरिबलाई दान गर्नुहोस ।

तुला राशि:
यस राशी भएकाहरुले यस दिन कुष्ट रोगीहरुलाई भेटेर खान खुवाउनुहोस् र कालो रङको समान दान गर्नुहोस।

वृश्चिक राशि:
शनि अमावस्याको दिन यस राशी भएकाहरुले शनि मन्दिर गएर त्यहा भएको वृक्षलाई पुजा गर्नुहोस।

धनु राशि:
यस दिन खिचडीको दान गर्नु धनु राशि हुनेहरुको लागि अत्ति उत्तम रहनेछ ।

मकर राशि:
यस राशी भएकाहरुले शनिदेवलाई खुशी राख्नको लागि यो दिन ११ पटक हनुमान चालिसाको पाठ गर्नुहोस।

कुम्भ राशि:
यस राशी भएकाहरुले साँझमा पिपलको रुखको फेदमा दियोमा बत्ति बाल्नुहोस्।

मीन राशि:
मिन राशि भएकाहरुले शनि अमावस्यामा दियो दान गर्नुहोस।

प्रतिक्रिया दिनुहोस्