
बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो।
युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा पर्नुमा पाइलट दोषी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो ।





