मध्यरातमा छोरीको कोठामा केटाको आवाज : छोरीको विवशताको कारण थाहा पाउदा सबै आश्चर्य चकित



मध्यरातमा छोरीको कोठाबाट केटा बोलेको आवाज आएपछि हेर्न गएका बाबुआमाले छोरीलाई छिमेकी युवकसँग आपत्तिजनक अवस्थामा भेटे । सुरुमा उनीहरुलाई दुईबीच प्रेम भएको जस्तो लाग्यो । तर, वास्तविकता अरु नै थियो । बाबुआमालाई सत्य थाहा पाउन केही समय लाग्यो । वास्तवमा ती छोरी एक भिडियोको कारण ती युवकले जे भन्यो त्यही मान्न विवश थिइन् । ती युवकले केही दिनअघि ती किशोरीलाई बलात्कार गरेका थिए । युवकले बलात्कारको भिडियो रेकर्ड गरेर भिडियो सार्वजनिक गर्ने धम्की दिँदै किशोरीलाई ब्ल्याकमेल गरेर यौन शोषण गरिरहेका थिए । गाउँका ती युवकले पहिलेदेखि नै ती किशोरीलाई खराब दृष्टिले हेर्ने गरेका थिए ।

भिडियो बनाएपछि ती युवकले किशोरीलाई आफूले जसरी मन लाग्छ त्यसरी प्रयोग गर्ने गरेका थिए । आइतबार उनको रहस्य खुल्यो । छोरीलाई न्याय दिलाउन पीडित किशोरीमा मातापिताले पञ्चायत बोलाए । तर पञ्चायतले उल्टै ती किशोरीको चरित्रमाथि नै प्रश्न उठाउँदै उनका पिताले ३१ हजार जरिवाना तिर्नुपर्ने फैसला सुनायो । घटना भारतको बिहारको हो । अहिले शिोरीका अभिभावक प्रहरीमा पुगेका छन् । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्