
चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भट्टी पसलमा देख्दा जो कोहीलाई आश्चर्य लाग्ला। तर , नायिका साम्राज्ञी भट्टी पसलमा भएको भिडियो सार्वजनिक भएको छ नआत्तिनुस् उनी त्यहाँ रक्सी पिउन नभई चलचित्रको छायाँङ्कन क्रममा त्यहाँ पुगेकी हुन्।
नेपाली चलचित्र क्षेत्रमा चलचित्र ड्रिम्सबाट प्रवेश गरेकी नायिका हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह। उनी अभिनीत चलचित्र ‘तिमि सँग’को छायाँङ्कन अहिले अन्तिम चरणमा छ। भिडियोमा देखिएको दृश्य उक्त चलचित्रको हो। केही समय अघि ट्रेलर सार्वजनिक गरिएको फिल्ममा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन् ।
शिशिर राणा निर्मित तथा निर्देशित चलचित्रमा प्रमोद कार्कीको छायाँङ्कन , वनिश विक्रम शाह / मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी / दिपक पाठक र रिदम कँडेलको सङ्गीत रहेको छ ।‘तिमि सँग ‘ साङ्गीतिक प्रेमकथानक फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । फिल्म चैत २३ गते रिलिज हुने छ ।





