‘डमरूको डन्डीबियो’को पहिलो गीत सार्वजनिक



चलचित्र ‘डमरूको डन्डीबियो’को ‘तितेपाते’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको उक्त गीतमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल र नमिता घिसिङको अभिनय रहेको छ ।

कालीप्रसाद बास्कोटाले निर्देशन गरेको गीतमा स्वर र संगीत पनि कालीकै रहेको छ । साथै गीतका शब्द बास्कोटासहित एकतारे र हर्क साउदको रहेको छ । छेतन गुरुङको निर्देशन रहेको चलचित्रमा बिनोद गुरुङ र नोर्बु छिरिङ घलेले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्