
प्राचीन कालदेखि नै चिनियाहरुले गर्भ राख्दा नै छोरा वा छोरी जे पाउने हो, त्यसका लागि पात्रो प्रयोग गर्ने गरेका छन् । हुनेवाला आमाले आफ्नो जन्ममिति र छोरा वा छोरी जे जन्माउन चाहेको हो, त्यसको मिति छनोट गरेपछि त्यस समय राखिने यौन सम्बन्धले चाहेको लिंग अनुसारको सन्तान जन्मने विश्वास गर्ने गरेका छन् ।
चिनियाँहरु यदि आमाले गुलियो खान रुचाएको खण्डमा छोरी जन्मने विश्वास गर्छन् । त्यस्तै नुनिलो वा अमिलो खान मन गर्ने गर्भिणी स्त्रीले छोरा जन्माउने उनीहरुको विश्वास छ ।
गर्भमा रहेको सन्तानले पेटको माथितिर लात्ताले हान्ने ग¥यो भने त्यो छोरी हो भन्ने विश्वास गरिन्छ । त्यस्तै पेटको तलतिर लात्ताले हान्ने व्यवहार देखाए छोरा हो भनी किटान गर्ने चलन छ । पेटको दायाबायाँ घुम्ने प्रवृत्ति देखियो भने छोरी र वृत्ताकार घुमेको पाइयो भने छोरा हुन्छ भन्ने विश्वास छ ।
चिनियाँहरुले आफूले चाहेजस्तो सन्तान पाउनका लागि क्यालेन्डरको प्रयोग गर्ने गरेका छन् । त्यस क्यालेन्डरअनुसार मिति चयन गरेको खण्डमा चाहेजस्तै छोरा वा छोरी जन्माउन सकिने विश्वास उनीहरुको छ ।
तीन सय वर्षभन्दा पुरानो यस किसिमको क्यालेन्डर चिङ राजवंशयता प्रचलित हुन थालेको हो । यही क्यालेन्डरको आडभरोसाका कारण राजवंशमा जहिल्यै पहिलो सन्तान छोरा जन्माउन सकिएको विश्वास केहीको छ ।
सन्तान जन्माउन जुन चिनियाँ पात्रो हाल प्रचलित छ, त्यसलाई विज्ञानको कसौटीमा घोट्दा ५०÷५० प्रतिशत सम्भावनाको खेल मान्नेहरुको कमी छैन तर यसलाई रुचाउनेहरुको दाबी भने ९० प्रतिशत आँकलन सही हुने बताउँछन् । कम्तीमा पनि ५५ प्रतिशत आँकलन पुग्छ भनेर दाबी गर्नेको पनि कमी छैन ।
सन्तान जन्माउने चिनियाँ पात्रोसम्बन्धी एउटा वेबसाइटमा आधाभन्दा बढीले आफ्नो आँकलन एउटा मिलेको र अर्को नमिलेको भनी प्रतिक्रिया दिएको देखियो ।
सन् २०१८ मा छोरा जन्माउने कि छोरी भन्ने एउटा वेबसाइटले त मिति नै तोकिदिएको छ । जस्तो कि १९७४ जनवरी २३ देखि १९७५ फेब्रुअरी १० मा जन्मिएका महिलाले छोरा वा छोरी जन्माउन कुन मितिमा सहबास गर्नुपर्छ भनी मिति नै तोकिएको छ । जस्तो सो मितिमा जन्मिएका महिलाले मार्च १७ देखि मे १४, अगस्ट ११ देखि सेप्टेम्बर ९, अक्टोबर ९ देखि नोभेम्बर ७ तथा डिसेम्बर ७ देखि ३१ सम्म सहबास गरेको खण्डमा छोरा जन्मिने सम्भावना हुन्छ ।
महिलाले जनवरी १ देखि मार्च १६, मे १५ देखि अगस्त १०, सेप्टेम्बर १० देखि अक्टोबर ८ र नोभेम्बर ८ देखि डिसेम्बर ६ भित्र सहबास गरे छोरी जन्मने सम्भावना बढी हुन्छ ।






