
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ फाल्गुन २८ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनुभएका श्री युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का निर्देशक सहायक रथी श्री काजी बहादुर खत्रीलाई आज मिति २०७४ चैत्र ०१ गते जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी श्री खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजकको जिम्मेवारी दिईएको छ ।





