
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुमाथी गरेको टिप्पणीको डा. बाबुराम भट्टराईले जवाफ फर्काएका छन्। दाहालले बिहीबार पेरिसडाँडामा आयोजित कार्यक्रममा डा. भट्टराई पार्टीमा नफर्किए माथी जाँदा पोल्ने भन्दै माओवादीमा फर्किन आग्रह गरेका थिए।

डा. भट्टराईले त्यसको जवाफ दिँदै ट्विट गरेका छन्। दाहालले आफ्नो कुर्सीको लागि अनेक कुतर्क गरेर माओवादीलाई एमालेमा होमेको बताएका छन्। उनले मुरलीवादकले सहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुन्द्रमा होमे जस्तै दाहालले माओवादीलाई एमाले समुन्द्रमा होम्न लागेको उनको भनाई छ। भट्टराईले अबका ‘मुसा’ लाटा नभएको भन्दै दाहाललाई सचेत समेत गराएका छन्। भनि नागरिक न्युजमा खबर छ।
उनले ट्विट गर्दै भनेका छन्,’प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको Pied Piper of Hamelin कविताको सम्झना हुन्छ। मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे झैं प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीकानिम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ। अबका ‘मुसा’ लाटा छैनन् है!’





