
काठमाडौं । एकताकि चर्चित अभिनेत्री निरुता सिंहलाई दर्शकहरुले पर्दामा हेर्न नपाएको पनि अहिले लामो समय भइसकेको छ । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरेकी थिइन् ।
उनले अभिनय गरेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरी थरीका, लहना लगायतका दुई दर्जन बढी चलचित्रहरु सुपरहिट भएका थिए। सुन्दर नायिकाको उपमा पाएकी निरुता सिंह पछिल्लो समय भारतमा बस्दै आइरहेकी छिन् । चलचित्र खेल्न छाडेर उनी लामो समयदेखि मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन्।





