
वाम गठबन्धनको तर्फबाट एमालेकी शिवमाया तुम्बाहाम्फेले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छिन् । उनको उम्मेदवारीको प्रस्तावकमा माओवादी केन्द्रका देव गुरुङ र समर्थकमा एमालेका रविन्द्र अधिकारी रहेका छन् । शिवमाया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने उपसभामुखमा उम्मेदवारी दिएको छ । कांग्रेसले पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ । भुसालको उम्मेदवारीमा दिला संग्रौला प्रस्तावक र समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् । उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहीवार ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियाे । उपसभामुखको निर्वाचन शुक्रबार हुनेछ ।





