
प्रश्नपत्र चोरी भएपछि बासगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ। बिहीबारदेखी संचालन गर्ने भनिएको कक्षा ८ को परीक्षा स्थगित भएको हो।
बासगढि नगरपालिकाको लालिगुँरास मावि माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गरेको हो ।
लालिगुँरास माविको कार्यालयमा राखिएका ९ वटा विषयका पश्न पत्र बुधवार राती विद्यार्थीले ताला फोरेर चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले पश्नपत्र सहित पाँच जना विद्यार्थी सहित प्रश्न पत्र बरामद गरेपछि प्रश्न पत्र चोरी भएको खुलेको हो। बासगढि नगरपालिकाका सम्पुर्ण विद्यालयमा कक्षा ८ को परीक्षा स्थगित गरेको विद्यालय निरीक्षक रविलाल निगारले जानकारी दिए।





