श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४ को समुद्घाटन



काठमाडौँ, १ चैत्र

श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्रमा भइरहेको कार्यक्रममा प्रदेशसभा ४ का जननिर्वाचित प्रदेश सांसद माननीय कुसुम कुमार कार्कीज्यूबाट समुद्घाटन भएको छ ।

श्रीपशुपतिनाथ धार्मिक, सांस्कृतिक महोत्सवको अवसरमा विश्व हिन्दु युवा संघ अन्र्तराष्ट्रिय समिति र विभिन्न धार्मिक, सामाजिक संघसंस्थाको सहयोगमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, सनातन हिन्दु धर्म संस्कृति जागरण, पाशुपत क्षेत्रमा मनाइने विविध धार्मिक, सांस्कृतिक एक हप्ते कार्यक्रम (२०७४ चैत्र १ देखि ७ गतेसम्म) भव्य र सव्य रुपमा सञ्चालन भइरहेको छ ।

यस कार्यक्रममा ख्याति प्राप्त नेपालका राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम धुमधामसँग भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्