राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति कोविन्दको बधाई



राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले बधाई दिएका छन् ।

कोविन्दले एक पत्र पठाएर राष्ट्रपति भण्डारीलाई बधाई दिएका हुन् । राष्ट्रपति भण्डारीको मार्गदर्शनमा नेपाल सम्बृद्धि र विकासको बाटोमा अघि बढ्नेमा आफू विश्वस्त रहेको कोविन्दले उल्लेख गरेका छन् ।

फराकिलो द्विपक्षीय सहयोगलाई थप मजबुद बनाउन राष्ट्रपति भण्डारीसँगको सहकार्य गर्ने इच्छा व्यक्त गर्दै कोविन्दले शुभकामना पत्रमा भनेका छन्, ‘नेपालसँगको निकट एवं बहुआयामिक साझेदारीलाई भारतले उच्च प्राथमिकतामा राखेको छ।’

प्रतिक्रिया दिनुहोस्