विश्वकप छनोट : नेपाल र पपुवा न्युगिनीको खेल सुरु लाईभ (Live) शेयर गर्नुहोस



काठमाडौं – जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट अन्र्तगत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपाल र पपुवा न्युगिनी पिएनजी)को खेल सुरू भएको छ।

जिम्बाब्वेको ओल्ड हरारे क्रिकेट मैदानमा सुरू खेलमा नेपालले टस जितेर अहिले फिल्डिङ गर्दै छ। नेपालका बलर साेमपाल कामीले पहिलाे अाेभर मेडन फालेका छन। नेपालले आजपनि हङकङविरुद्धको खेलेमा खेलेको सेटलाईनै मैदानमा उतारेको छ। शरद भेषावकरलाई आज पनि आराम दिइएको छ।

टस हारेर पहिला ब्याटिङ गरिहेको पपुवा न्युगिनीले ताजा अवस्थामा २ ओभरमा विना विकेटको क्षतिमा ८ रन बनाएको छ।
नेपाल आजको खेलामा सुखद नजिता निकाल्दै एकदिवसीय मान्यताको सपना जीवित राख्न चाहन्छ।

खेलमा पिएजीलाई पराजित गर्न सके नेपालले डिभिजन २ मा घटुवाको संकटसमेत पार गर्नेछ। कमजोर रनरेटका कारण सुपर सिक्समा स्थान बनाउन नसके पनि नेपालले सोमबार हङकङलाई हराएसँगै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाउने ढोका खुला राखेको थियो। यस जितपछि नेपाल समूह ‘बी’को चौथो स्थानमा बस्दै समूह ‘ए’ को अन्तिम स्थानको टोली पिएनजीसँगको भेट पक्का गरेको थियो।

बिहीबारै हुने अर्को प्लेअफमा समूह बीको अन्तिम टोली हङकङले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्सबाहेक प्रतियोगिताका शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन्। तीनमध्ये दुई एसोसिएट स्कटल्यान्ड र युनाइटेड अरब इमिरेट्स(युएई)ले एकदिवसीय मान्यता पाइसकेका छन । बाँकी एक स्थानमा नेपाल, हङकङ र पिएनजीमध्ये एकले एकदिवसीय मान्यता पाउनेछ। नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुका साथै नेपालले पिएनजीलाई हराए नेपालले सातौं स्थानका लागि हुने प्लेअफअघि नै एकदिवसीय मान्यता पाउनेछ।

त्यस्तै नेपालले पिएनजीलाई हराए र हङकङले नेदरल्यान्ड्सलाई पराजित गरे यी दुई टोलीबीचको विजेताले एकदिवसीय मान्यता पाउनेछ। पिएनजीलाई नतिजा सुम्पिए भने नेपाल डिभिजन २ मा घटुवा हुनेछ।

नेपाल र पिएनजी पछिल्लो पटक सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आबुधाबीमा आमने–सामने भएका थिए । पहिलो खेलमा पिएनजीलाई २ विकेटको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा पनि पिएनजीलाई ३ विकेटको नतिजा सुम्पिएको थियो।

गत महिना नामिबियमा सम्पन्न डिभिजन २ को उपविजेताको हैसियतमा विश्वकप छनोटमा स्थान बनाएको नेपालले जिम्बाब्वेमा जारी प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग १ सय १६ रनको फराकिलो हार बेहोरेको थियो । नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले हा¥यो । तेस्रो खेलमा नेपाल चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो । सबै खेलमा नेपालको कमजोर ब्याटिङले निरन्तरता पायो भने बलियो पक्ष बलिङले पनि आशातीत प्रदर्शन गर्न सकेको छैन।

त्यसका बावजुद नेपालका कप्तान पारस खड्काको प्रदर्शन प्रशंसनीय रह्यो । स्कटल्यान्ड र अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गरेका पारसले समूहचरणमा १ सय ८९ रन बनाइसकेका छन् । स्कटल्यान्डविरुद्धको खेलबाट लिस्ट ‘ए’ खेलमा १ हजार रन पूरा गरेका पारसलाई आइसिसीले मंगलबार स्टार खेलाडीका रूपमा प्रस्तुत गरेको थियो । पारससँगै १७ वर्षे लेग स्पिनर सन्दीप लामिछानेलाई पनि आइसिसीले नेपालबाट राम्रो प्रदर्शन गर्ने खलाडीको सूचीमा राखेको छ । समूह चरणको प्रत्येक खेलमा विकेट लिन सफल सन्दीपले चार खेलमा ७ विकेट लिएका छन्।

सुपर सिक्समा पुग्न असफल भए पनि राम्रो प्रदर्शन गर्ने खेलाडीको सूचीमा आइसिसीले पारस र सन्दीपबाहेक पिएनजीका टोनी उरा, तीव्र गतिका बलर नर्मन भनुवा र एलेई नावलाई पनि समेटेको छ । टोनीले प्रतियोगिताको बलियो टोलीमध्येको एक आयरल्यान्डविरुद्ध १ सय ५१ रन बनाएका थिए भने नर्मनले ८ तथा एलेईले ६ विकेट लिएका थिए।

यता पिएनजीले समूह ‘ए’ मा कुनै पनि खेलमा जित हात पार्न सकेन । पहिलो खेलमा युएईलाई डकवर्थ लुइस पद्धतिमा ५६ रनको नतिजा सुम्पिएको पिएनजीले दोस्रो खेलमा आयरल्यान्डसँग ४ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको थियो । पिएनजीले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ५७ रनको नतिजा सुम्पिएको थियो ।

प्रतिक्रिया दिनुहोस्