संसारको दोस्रो सानो देश मोनाको, जसको आफ्नै सेना छैन, आयकर समेत तिर्नुपर्दैन (फोटो फिचर)



संसारको सबैभन्दा सानो देश हो, भेटिकन सिटी हो । यो देशका बारेमा तपाईलाई पक्कै थाहा छ । तर दोस्रो सानो देशका बारेमा तपाईलाई जानकारी नहुन सक्छ । यो यती सानो देश छ की, तपाईले पैदलै हिडेर घुम्न सक्नुहुन्छ । यो देशको जनसंख्या काठमाडौंको एक इलाका जति पनि छैन । यो देश निकै सुन्दर छ ।

फ्रान्सको काखमा रहेको मोनाको संसारको दोस्रो सानो मुलुक हो । यो देश तीन तिरबाट फ्रान्स र एक तरिबाट समुन्द्रले घेरिएको छ । यो देशको कुल क्षेत्र केवल दुई वर्गमाइल छ । यहाँको कुल जनसंख्या ३८ हजार छ । यो देशको आफ्नो सेना छैन । सैन्य सुरक्षाका लागि फ्रान्ससँग सम्झौता गरिएको छ ।

यहाँका हरेक तीन जनामा एकजना व्यक्ति करोडपछि छन् । यहाँका मानिसहरूले आयकर समेत बुझाउनुपर्दैन । मोनाकोमा राजतन्त्र छ । ग्रिमाल्डी परिवार त्यहाँका शासक हुन् । मोनाकोमा बस्ने अधिकांश मानिस आप्रवासी हुन् । यहाँको मूल निवासी मोनेगसक्यू अल्पसंख्यकमा पर्छन् ।

यहाँको संविधान संसारकै छोटो छ र झण्डा इन्डोनेशियासँग मिल्दाेजुल्दाे छ । पर्यटक बर्षभरीनै आइरहन्छन् । यो विकसित देश हो, जहाँ राम्रो सडक, सुरक्षा, चिकित्सा, शिक्षा सबै राम्रो छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्