चर्चित नायिका प्रियंका कार्की आमा बन्दै



चर्चित नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् । प्रियंका आफ्नो निजी जिवनमा नभई ‘नाईं नभन्नू ल ५’ मा मुख्य भूमिकामा देखिन लागेकी हुन् । प्रि।प्रोडक्सनको अन्तिम तयारीमा रहेको विकासको ‘नाईं नभन्नू ल ५’ मा मुख्य भूमिकामा प्रियंका फाइनल भएकी छन् । लेखक, निर्माता तथा निर्देशक विकासराज आचार्यसँग नायिका प्रियंका कार्कीले अब चौथो पटक काम गर्न लागेकी हुन् ।

प्रियंका सँगै चलचित्रको लागि लगभग सबै कलाकारहरु पक्का भैसकेको निर्माण यूनिटले जनाएको छ । स्रोतका अनुसार विकासले पुराना कलाकारको निरञ्तरता सहित केही नयाँ र केही अग्रज तथा अनुभवी कलाकारलाई लिएका छन्। यस्तै ‘नाईं नभन्नू ल’ सिरिजमा नायिका स्वस्तिमा खड्काको ईन्ट्री भएसँगै प्रियंका र स्वस्तिमा आमा र छोरीको भूमिकामा रहनेछन् ।

‘अर्की एक नायिकाको खोजि भइरुहेको बताइएको छ । यस्तै कलाकारहरु बुद्धि तामांग, जयनन्द लामा र नयाँ अनुहार अभिषेक नेपालले ‘नाईं नभन्नु ल ५’ मा अभिनय गर्नेछन् । दोश्रो सातादेखि फिल्मको छायाँकन सुरु हुने निर्माण यूनिटले जनाएको छ । (ताजाखबर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्