
बलिउड सुपरस्टार श्रीदेवीको निधनपछि अब जो कोहीको ध्यान उनकी २ छोरीहरु खुसि र जाह्नवीमाथि गएको गएको छ । यी दुवै पछिल्लो केहि दिनयता शोकमा डुबेका छन्। तर यसको अलावा पनि उनीहरु सामान्य जीवनमा फर्किने कोशिस गरिरहेका छन्। आमाको निधनपछि जाह्नवी आफ्नो आगामी चलचित्र ‘धड़क’ को शुटमा फर्किएकी छिन् भने सानी छोरी खुसिको बारेमा नयाँ कुरा खुलासा भएको छ।
बताइएअनुसार श्रीदेवीकी सानी छोरी खुसिलाई मोडलिङमा धेरै शोख छ र उनि यसै क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्छिन्। डीएनएको एक रिपोर्टअनुसार खुसिलाई इन्टरनेशनल मोडलिङमा धेरै रुचि छ। खुसि अहिले आफ्नो पढाईमा व्यस्त छिन्। उनले आफ्नो पढाई पुरा गरिसकेपछि मोडलिङमा ट्रेनिंग लिनको लागि आफु विदेश जान सक्ने बताएकी छिन् ।





