पार्टी एकता वैशाख ९ अगावै



काठमाडौं १ चैत । ९ वैशाख अगावै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर दुई पार्टी एकता गर्नेगरी पार्टी एकताको तयारी भइरहेको एमाले नेताहरूले जानकारी दिएका छन् ।

चैत्रको दोस्रो सातासम्म उपराष्ट्रपतिको निर्वाचन बाँकी रहेको र त्यसपछि पार्टी एकताको गृहकार्य गर्नेगरी तयारी भइरहेको एमाले उपमहासचिव विष्णु पौडेलले परिवर्तन खबरलाई जानकारी दिए ।

विधान मस्यौदा कार्यदलका सदस्यसमेत रहेका पौडेलले सबै दस्तावेज लेखन कार्य अन्तिम चरणमा पुगेको र कार्यदलले तयार पारेको मस्यौदा पार्टी एकता संयोजन समितिमा छलफलपश्चात एकताको टुङ्गोमा पुगिने उनको भनाइ छ ।

“दस्तावेज लेखन सकिइसकेको छ,” उनले भने, “आगामी ९ वैशाख भित्रै पार्टी एकता सम्पन्न गर्छौं ।”

एक फरक प्रशंगमा उनले दुई तिहाइको समर्थनमा सरकार गठन ग¥यो भने कांग्रेस अताल्लिएको बताउँदै दुई तिहाइ देश–हित, नागरिक–समृद्धि र राष्ट्र–कल्याणका पक्षमा खर्चिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्