बंगलादेशलाई हराउदै भारत टी-२० सिरिजको फाइनलमा



काठमाडौँ । भारत श्रीलंकामा भैरहेको टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा भारतले बंगलादेशलाई १७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाए पछि खेल १७ रनले गुमाएको थियो ।

बंगलादेशले ६१ रनमै आफ्ना सुरुवाति चार विकेट गुमाएको थियो । मुश्फिकुर रहीमले नटआउट रहँदै ५५ बलमा ८ चौका र एक छक्कासहित सर्वाधिक ७२ रन बनाए । त्यस्तै तमीम इकबालले २७ तथा सब्बीर रहमानले २७ रनको योगदान दिए ।

भारतका लागि वाशिंगटन सुन्दरले तीन, मोहम्मद सिराज, शार्दुल ठाकुर तथा युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान रोहित शर्माको ८९ रन र सुरेश रैनाको ४७ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै १७६ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ३५ रन बनाएका थिए ।

यो हारपछि पनि बंगलादेशको फाइनल पुग्ने सम्भावना भने कायम रहेको छ । अब श्रीलंकासँग हुने खेलमा जितेमा उ फाइनल पुग्नेछ । खेलको म्यान अफ द म्याच भारतका रोहित शर्मा बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्