विराटले अनुष्काको लागि ३४ करोडमा किनेको घर विराटको नभएर भाडाको फ्ल्याट जस्को मासिक भाडा १५ लाख



वलिउड अभिनेत्री अनुष्का शर्मासँग निकै गुपचुप तरिकाले गरेको विवाहपछि अब विराट कोहली यतिबेला आफ्नो घरलाई लिएर चर्चामा छन्। विराटले इंस्टाग्राम एकाउन्टमा एक फोटो शेयर गरेका छन्। सो फोटोमा उनको घरको झ्यालबाट निकै रमाइलो दृष्य देखिन्छ।

उनी बसेको फ्ल्याट सबैले देखेपछि त्यसको मूल्य र भाडाका विषयमा चर्चा हुन थालेको छ। भारतीय संचारमाध्यमका अनुसार विराटले सो फ्ल्याटको भाडा १५ लाख तिर्दै आएका छन्।

जति रुपैयाँमा आम नागरिक आफ्नो शीर लुकाउन घर बनाउन सक्छन्, त्यति मूल्य यी भारतीय क्रिकेटर प्रतिमहिना घर भाडा मात्रै तिर्छन्।

फोटोमा देखिएको फ्ल्याट विराटले ३४ करोडमा किनेको घरको भएको अनुमान गरिएको थियो तर यो घर विराटको नभएर उनी भाडाको घरमा बसेको पत्ता लागेको संचारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्