उदित नारायण झाका छोरा आदित्य पक्राउ



काठमाडौं, २९ फागुन २०७४

चर्चित गायक उदित नातायण झाका छोरा आदित्य नारायणले चलाएको गाडीले रिक्सालाई ठक्कर दिएपछि पक्राउ परेका छन् ।उनलाई सोमबार बिहान मुम्बईको बर्सोवा प्रहरीले पक्राउ गरेको हो ।

मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको भारतिय मिडियाले जनाएका छन् ।

उनी विरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगत केस दर्ता गरेको छ। पछिल्लो पटक उनी विमानस्थलका कार्मचारीसँग विवाद गरिरहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्