नयाँ फिल्मको लागी मार्सल आर्ट सिक्दै ज्याक्लिन!



अभिनेत्री ज्याक्लिन फर्नान्डिस अचेल मार्सल आर्ट सिक्न व्यस्त रहेको भारतीय अनलाइनले उल्लेख गरेका छन् । सन् २००६ की मिस श्रीलंका युनिभर्स विजेता ज्याक्लिनले आफ्नो नयाँ फिल्म रेस ३ का लागि मार्सल आर्ट सिक्नुपरेको हो ।

रेस ३ मा ज्याक्लिन सलमान खानसँग अभिनय गर्दै छिन् । फिल्मका केही दृश्यमा सलमानसँगै ज्याक्लिनले पनि फाइट हान्नुपर्ने भएकाले उनले मिश्रित मार्सल आर्ट (एमएमए)को प्रशिक्षण लिइरहेको बताइएको छ । ज्याक्लिनको मार्सल आर्टको बारेमा उनका फिटनेस प्रशिक्षक कुलदीप शशिले बताएका हुन् ।

कुलदीपले ज्याक्लिन मार्सल आर्टका बारेमा जानकार भएको र उनको शरीर पनि खेलाडीको जस्तै भएकाले पूरै जिरोबाट सिकाउनु नपरेको खुलाएका छन् ।

उनले ज्याक्लिनले फिल्ममा निर्वाह गर्नुपर्ने चरित्रअनुसार मिश्रित मार्सल आर्ट मात्र सम्झाइएको बताएका छन् । पहिला कहिल्यै मार्सल आर्ट नखेलेकाले उनलाई केही फिल्मी तरिका भने सिकाउनुपरेको छ । रेमो डिसुजाले निर्देशन गर्ने रेस ३ जुन १५ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्