
हाल फ्रान्सका राष्ट्रपति ईम्यानुअल म्याक्राें भारतको बनारसमा छन् ।भारतको इंटरनेशनल सोलार अलाएन्स समिटमा भाग लिनको लागि श्रीमतीको साथ उनी भारत आएका हुन् । प्रेमको दायरा फराकिलो हुन्छ र प्रेम बेहिसाब गरीन्छ यस्तै म्याक्राेंको जिन्दगीमा भयो उनले आफु भन्दा २४ बर्ष जेठी आफ्नै शिक्षिका ब्रिगिट ट्रागनेक्स लाई औधी प्रेम गरे र उनी सँग विवाह गरे ।
बताईए अनुसार ब्रिगिट ट्रागनेक्स उनको फ्रेच र ड्रामा टीचर थिईन् र उनी थियेटर क्लब पनि चलाउँथिन र म्याक्रों त्यहीं एक राम्रो कलाकारको रुपमा काम गर्दथे । यसै बिच म्याक्रोंको ब्रिगिट सँग भेट भयो । ब्रिगिट म्याक्रों भन्दा २४ बर्ष जेठी त थिईन् नै उनी ३ शन्तानकी आमा पनि थिईन् जती बेला म्याक्रों १८ वर्षका थिए र उनले गरेको प्रेम प्रस्तावलाई विश्वास नगरेको ठान्दै आफ्नी शिक्षिका प्रेमिकालाई भनेका थिए कि तपाईं जे गर्नस् एक दिन म तपाईंलाई नै बिहे गर्नेछु ।
म्याक्रोंका अभिभावकलाई रात दिन छोरा भन्दा २४ बर्ष जेठी गुरुआमा सँगको प्रेम कसरी छुटाउने चिन्ता रह्यो यसकै लागी उनलाई बाहिर पढ्न पठाईयो । ब्रिगिटको म्याक्रों सँग भेट हुनु पूर्व एक बैंकर सगँ विवाह भएको थियो र पहिलो पतिबाट ३ शन्तानकी आमा भईसकेकीे थिईन् । यद्यपि म्याक्रोंले सन् २००७ मा ब्रिगिटसँगै विवाह गरी छाडे ।यतिबेला ब्रिगिट ६४ वर्षकी भईन् उनका पूर्व पति तर्फका शन्तानहरुबाट हजुरआमा भईसकेकी छन् भने म्याक्रों पनि उनीहरुलाई आफ्नै परीवार सरह मान्दछन् ।