
काठमाडौं । अभिनेत्री तथा मोडल अशिष्मा नकर्मी आज फागुन २८ गते बैवाहिक बन्धनमा बाँधिएकी छन् । अभिनेत्री नकर्मीले वानेश्वरका व्यवसायी नबिन चन्द्र प्रधानसँग मागी विवाह गरेकी हुन् ।
परिवारको सहमतीमा विवाह गरेकी अशिष्माको श्रीमान १२ वर्षदेखि अमेरिका बस्दै आएका छन् । करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय अभिनेत्री हुन् अशिष्मा नकर्मी ।
उनले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनी नेपाली फिल्मका दर्शकमाझ भन्दा नेपाल भाषाका फिल्मबाट नेवारी समुदायमा अझ चर्चित छिन् । अझ भन्नुपर्दा अशिस्मा कोकाकोला फिगर गर्लको रुपमा पनि चिनिन्छिन् ।





