तिमल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध, औपचारिक घोषणा बुधबार



काठमाडौं, २८ फागुन २०७४

राष्ट्रियसभा अध्यक्षमा एमालेका पोलिटब्यूरो सदस्य गणेश तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

एमालले सांसद तिमल्सिनाको मात्र उम्मेदवारी परेको हो । तसर्थ राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

प्रतिक्रिया दिनुहोस्