कुरास संघद्वारा खेलाडी तथा प्रशिक्षकलाई कारवाही



२८ फागुन २०७४ काठमाडौं

नेपाल कुरास संघले दक्षिण कोरियामा भाग लिएर नेपाल नफर्केका खेलाडी तथा प्रशिक्षकलाई कारवाही गरेको छ ।

संघले गत नोभेम्बर ४ देखि १० सम्म मित्रराष्ट्र दक्षिण कोरियामा संचालित “वर्ल्ड युथ मार्सल आर्ट मास्टरसिप च्याम्पीयनसिप”मा भाग लिन गएका खेलाडी गौरव घर्ति र प्रशिक्षक चन्द्र बुढा मगरलाई कारवाही गरेको हो । खेलमा भाग लिन गएका उनीहरु दुबैजना हालसम्म नेपाल नफर्की कोरियामै लुकिछिपी बस्दै आइरहेका छन् ।

संघको यहि फागुन १४ मा बसेको बोर्ड बैठकले निजहरुलाई कारवाही गरेको हो । संघका तदर्थ समिति संयोजक धुर्वराज न्यौपानेको अध्यक्षतामा बसेको सो बैठकले उक्त निर्णयको जानकारी राखेपलाई गराउने जनाएको छ ।

बैठकले संघको महाधिबेसन यहि चैत्र महिनामा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको संयोजक न्यौपानेले बताए । उक्त महाधिवेशनमा अन्तर्राष्ट्रिय कुरास संघका प्रतिनिधि समेत सहभागी हुने र प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्