त्रिभुवन विमानस्थलमा युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त



काठमाडौँ, २८ फागुन २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

तर जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएपनि त्यसको एकीन पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्