चलचित्र “तिमि संग”को अफिसियल ट्रेलर सार्वजनिक…(हेर्नुहोस् ट्रेलर)



चलचित्र “तिमि संग”को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण संस्थाले फिल्मको प्रचार सामाग्री रिलिज गरेको हो । चैत्र २३ गते देशभरका सिनेमा हलहरुबा एक साथ प्रदर्शनमा आउंदैछ, तिमि संग । नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भुमिका रहेको छ । हेर्नुहोस् ट्रेलर

काठमाण्डौं, पोखरा, घोरेपानि, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प, नवलपारसी लगायतका क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई शुशिल क्षेत्रीले खिचेका हुन् । प्रमोद कार्की डिओपीमा छन् । त्रिकोणत्मक प्रेमकथात्मक सांगीतिक चलचित्रको कथा शिशिर राणा स्वयमको हो भने सम्बाद सुमन उप्रेतीले लेखेका हुन् । शिशिर राणा, सुमन उप्रेती, साकार ओझा र शुशिल क्षेत्रीले मिलेर तिमि संगको स्कृनप्लेय तयार पारको हुन् ।

प्रतिक्रिया दिनुहोस्