ब्याजदर किचलोका कारण शेयरबजारमा असर



काठमाडौं । नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच देखिएको ब्याजदरको किचलो लम्बिदाँ त्यसको असर शेयरबजारमा देखिएको छ । यसले आईतबारको शेयरबजार साढे दुई घण्टामा २५ अंकले घटेको छ । कारोबारमा आएका सबै उप समूहमा गिरावट छाउँदा पाँच कम्पनी बाहेक सबै कम्पनीको सेयरमूल्य घटेको छ ।

नेपाल बैंकर्स संघले आइतबार फेरि बैठक गरि प्रणालीगत जोखिम बढ्ने निष्कर्ष निकाल्दै २७ बैंकले एनआइसी एसिया बैंकसँग कुनै अन्तर बैंक कारोबार नगर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्