
२७ सेप्टेम्बर १९३३ मा पेरूको एक सानो गाउँ तिकरापोमा लीनाको जन्म भएको थियो । लीना संसारकै सबैभन्दा कम उमेरमा बच्चा पाउने डक्यूमेन्टेड आमा हुन् । लीना एक रेयर कन्डिशन (precocious puberty) को साथमा जन्मिएकी थिईन । यो एक यस्तो स्थिति हो जसमा मानिसको यौनाअंग एकदमै छिटो बिकसित हुने गर्दछ ।
साधारणतया केटीहरुको यौनांगको विकास १० बर्षको उमेरदेखि बिकास हुन सुरु हुन्छ र केटाहरुमा यो प्रक्रिया ११ देखि १२ बर्षको उमेरमा तर लीनाको आठौँ महिनादेखि नै उनको यौनांग बिकसित हुन सुरु गरेको थियो । उनि ४ बर्षको हुनु अघिनै मिन्सुरेसन भईसकेको थियो भने यही बर्ष उनको स्तन समेत पुरै बिकसित भइसकेको थियो ।
जब लीना पाँच बर्षकि भइन् तब उनको अचानक पेट बढ्न थाल्यो । उनकी आमा भिक्टोरियालाई लाग्यो कि उनको छोरीको पेटमा ट्यूमर भयो । वा उनिमाथि कुनै मृत आत्माको असर पर्यो । त्यसपछि उनले छोरीलाई लिएर अस्पताल पुगिन् ।
अस्पतालमा लीनाको जाँच भयो र परिणामले त्यहाँ उपस्थित मानिसहरुलाई मात्र नभई संसारलाई नै चकित बनाइदियो । किनकी पाँच बर्षकि ति बालिका गर्भवति बनिसकेकी थिइन् । उनको पेटमा कुनै ट्युमर नभई साचै बच्चा थियो । जतिबेला लीना अस्पतालमा पुर्याईएकि थिइन त्यतिखेर उनको पेटमा आठ महिनाको बच्चा थियो ।
उनको उपचारमा खटिएका डाक्टर गेराल्डो लोजाडाले लीनाको केस आफ्नो हातमा लिए । यसै क्रममा अस्पतालमा डाक्टरकै निगरानीमा राखिएकी ति ५ बर्षीय बालिकाले १४ मे १९३९ मा एक स्वस्थ र लगभग ६ पाउण्ड तौल भएको बच्चा जन्माइन् । जन्म दिने आमाको यौनांगको आकार सानो भएको कारण सर्जरी गरेर डेलीभरी गराइएको थियो । त्यस समय लीनाको उमेर पाँच बर्ष सात महिना र १७ दिनको थियो । संयोग के पनि थियो भने जुन दिन उनले बच्चा जन्माईन् त्यसै दिन मदर्स डे पनि परेको थियो ।
लीनालाई उपचार गर्ने डाक्टरको सम्मान स्वरूप बच्चाको नाम पनि गेराल्डो राखियो । यो बच्चा ४० वर्षको उमेर सम्म जिउँदो बन्यो तर बोन म्यारोको रोगको कारण १९७९ मा उसको मृत्यु भयो । कयौं बर्षसम्म बच्चा गेराल्डोले, लीनालाई आफ्नो दिदि मान्यो टेर जब उ १० बर्षको भयो तब उसले आफ्नो आमाको बास्तविकताबारे थाहा पायो ।
लीनाले कहिलैपनि आफ्नो बच्चाको पिताको नाम बताइनन् । लीनाको अवस्था देखेर उनको आफ्नै बुबालाई आरोपी मानियो । उनि यही मुद्धामा पक्राउ पनि परे । तर सुबूत नभएपछी उनलाई छाडियो । लिनालाई कम उमेरमै कसले गर्भ बोकायो भन्ने बिषयमा सोध्दा उनि केहि थाहा नभएजस्तो गर्थिन् सायद उनलाई त्यसबारे केहि थाहा थिएन । शरीर र यौनांग बिकास भएपनि उनको स्मरण शक्तिको बिकास नभएको हुनसक्छ जसको कारण कसले उनलाई गर्भ बोकायो भन्ने थाहा भएन ।
लीनाले बच्चाको जन्म दिएपछि आफैलाईमात्र नभई आफ्नो बच्चालाई समेत सम्हालेर पालिन् । समय बित्दै गयो, र लीनाले डाक्टर लोजाडाको क्लीनिकमै जागिर खान थालिन् । डाक्टरकै सहयोगमा लीनाले पढ्न पनि पाइन् र क्लिनिककै जागिरको भरमा आफ्नो बच्चा पढाउने खर्च उठाइन् ।
सन् १९७२ मा लीनाले रल जुराडो नामका एक जना व्यक्तिसँग बिबाह गरिन् । त्यसपछि उनि आफ्नो श्रीमानसँग लीमामा बस्न थालिन् । लीनाको बारेमा संसार जानकार छ तर उनि आफै यो घटना बारे कुरा गर्न मन पराउँदिनन् । उनले कुनै सार्वजनिक अन्तर्वार्ता दिन मानिनन् ।





