पशुपति महोत्सवको तीव्र तयारी



काठमाडौँ, २७ फागुन : श्री पशुपतिनाथ ग्वल पुचः समाज, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा २०७४ फागुन  ३० गते देखि चैत्र ७ गतेसम्म ऐतिहासिक श्रीपशुपतिनाथ धार्मिक तथा सांस्कृतिक महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमको साथै पण्डित दिवाकर भण्डारीद्वारा श्रीमद्भागवत महापुराणको वाचन समेत हुने छ । श्रीमद्भागवत महापुराणबाट संकलित रकम गौ संरक्षण तथा हिन्दु जागरण अभियान लागि प्रयोग गरिने आयोजकले बताएका छन्  ।

वर्षारम्भको अवसरमा मनाईने पाहाँचहरे लगायतका विभिन्न जात्राहरु प्रत्यक्ष अबलोकन तथा दुर्लभ धार्मिक पुस्तकहरुको प्रदर्शनी हुने आयोजकले जानकारी दिएका छन् । महोत्सवको पूर्व सन्ध्यामा  श्रीपशुपतिनाथले काठमाण्डौका सबै देव-देवीहरुलाई निमन्त्रणा दिने परम्परा अनुसार मिति २०७४ फागुन २६ गते शनिबार चैत्र कृष्णपक्ष अष्टमी दिन पशुपति क्षेत्र, पशुपतिनाथ मन्दिरबाट शुभारम्भ भएको दुरु च्याह च्याह निमन्त्रणा यात्रामा स्थानीय व्यक्तिहरु तथा नेपाली सेनाद्वारा मंगल धुन सहित आरम्भ गरिएको थियो ।

महोत्सवको लागि पशुपति क्षेत्र विकास कोषले पनि आवश्यक सहयोग र सफलताको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्