
नारीलाई जाभा कुनै पार्टी वा कार्यक्रममा जड आफ्न साथी सर्कल भन्दा छुट्टै र राम्री देखिन मन पराउछन् । कैयौलाई राम्री हुन त मन लाग्छ तर ब्युटिपार्लर महंगो वा टाढा अथवा भिड भएका कारण ब्युटिपार्लर जान असमर्थ हुन्छन् । अव यस्तो समस्याबाट छुटकारा पाउनका लागि घरमै पनि मेकअप गर्न सकिन्छ । घरमै फेसियल गर्नका लागि यस्ता सामग्री र विधि अपनाउन जरुरी हुन्छ :
फेसियलका लागि सबैभन्दा पहिले फेसवास गर्नुपर्छ । जसका लागि कुनै हर्बल फेसवासले अनुहार सफा गर्दा हुन्छ । यसो गर्दा अनुहार कीटाणु र दागविहीन बन्छ । त्यसपछि क्लिन्जिङ मिल्कको प्रयोग गरेर छाला सफा गर्न सकिन्छ । क्लिन्जिङ मिल्क र कपासको सहायताले अनुहारको छाला सफा गर्न आवश्यक हुन्छ ।
त्यसपछि स्क्रब गर्नुपर्छ । सधैँ एउटै स्क्रबर प्रयोग गर्नुपर्छ । घरमै पनि स्क्रबर बनाउन सकिन्छ । फेसियल गर्दा अनुहारमा साढे दुईदेखि तीन मिनेटसम्म स्क्रब गर्न आवश्यक हुन्छ । सुगर एक उत्तम स्क्रबर हो । स्क्रब गरिसकेपछि अनुहारमा स्टिम गर्न जरुरी हुन्छ । पानी तताएर स्टिमरबाट स्टिम लिन सकिन्छ ।
स्टिमपछि पालो आउँछ टोनरको । टोनरका लागि गुलाबजल निकै उपयोगी बन्न सक्छ । कटन कपडाको सहायताले अनुहारमा टोनर लगाउनुपर्छ ।
त्यसपछि लगाउनुस् मास्क । बेसन, दही र एक चम्चा मह मिलाएर घरमै पनि मास्क तयार पार्न सकिन्छ । यदि बजारको मास्क प्रयोग गरेमा सधैँ एउटै प्रकृतिको हुन आवश्यक हुन्छ । नत्र छालासम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।
मास्क लगाइसकेपछि सर्कुलर मोसनमा हातको सहायताले हल्का मसाज गर्नुपर्छ । मसाजका लागि मसाज क्रिम वा ओलिभ आयल प्रयोग गर्न सकिन्छ ।





