सवै भन्दा ठूलो ‘म्याराथन’मा ३५ हजार सहभागी



जेरुसलेम, २७ फागुन

इजरायलको जेरुसलेममा भएको म्याराथन दौडमा ३५ हजारभन्दा बढी प्रतियोगी सहभागी भएका थिए ।

शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका  अधिकारीहरूले जनाएका छन् । यो अहिलेसम्मकै सवैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ ।

म्याराथन दौड स्थानीय समयानुसार बिहान ६.४५ मा सुरु भएको थियो भने दिउसो २ बजे सकिएको थियो ।

सो म्याराथन दौडमा चीन, अमेरिका, जर्मनी, पोल्याण्ड, पोर्चुगललगायत ७२ भन्दा बढी देशका धावक सहभागी भएका थिए ।

इजरायलभन्दा बाहिरका देशमध्ये हङकङले सवैभन्दा धेरै धावकहरू सहभागी गराएको थियो ।  हङकङपछि लस एन्जेल्स, बेइजिङ र लण्डनले धेरै धावकलाई म्याराथनमा दौडिन लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्