हिमालय जादै सुपरस्टार रजनीकान्त, आखिर किन ?



काठमाडौं- जेसुकै गर्दा पनि चर्चामा आउने सुपरस्टार रजनीकान्त अब हिमालय जाने भएका छन् । रजनीकान्तको निजी मामला हेर्ने अहमदले ट्विट गर्दै उनी हिमालय जाने कुराको पुष्टि गरेका हुन् । भर्खरै राजनीतिमा प्रवेश गरेर चर्चामा आएका रजनीकान्त किन हिमालय जान लागे होलान् ? भन्ने प्रश्न स्वाभाविक हो ।

उनी तपस्वी बन्नका लागि हिमालय जान भने लागेका होइनन् । अघिल्लो वर्ष रजनीकान्त र उनका केही साथी मिलेर हिमालय क्षेत्रमा एउटा मेडिटेसन सेन्टर बनाएका थिए । उनी त्यही सेन्टरको कामकाजबारे जानकारी लिन हिमालय जान लागेका हुन् ।नयाँ पत्रिकाले छापेको छ ।

उनी एक–दुई दिनमा चेन्नई फर्किनेछन् । रजनीकान्तले बनाएको बलिउडकै महँगो फिल्म ‘२।०’को टिजरको एक क्लिप कसैले सार्वजनिक गरिदिएपछि उनी तनावमा भएको चर्चा पनि बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्